दफा ६१५
लिज प्राप्तकर्ता जवाफदेही हुने

(१) लिजमा लिएको वस्तुको हानि, नोक्सानी हुनबाट बचाउन लिज प्राप्तकर्ताले त्यस्तो वस्तुको प्रकृति अनुसार पर्याप्तसुरक्षाका उपायहरू अपनाई त्यस्तो वस्तुको भोगचलन वा प्रयोग गर्नु पर्नेछ ।
(२) लिज करार बहाल रहँदाका बखत लिजमा लिएको वस्तु कुनै कारणले नष्ट वा विनाश भएमा वा त्यसको कुनै किसिमले हानि,नोक्सानी भई वा लिजप्राप्तकर्ता, निजको परिवारको सदस्य, निजको एजेन्ट वा तेस्रो पक्षको हेलचक्र्याइँले त्यस्तोवस्तु नोक्सानी भई मूल्य कम हुने भएमा त्यस वापत लिज प्राप्तकर्ता जवाफदेही हुनेछ र निजले सोही बमोजिम त्यस्तोवस्तुलाई पूर्व अवस्थामा ल्याउनु पर्नेछ र त्यस्तो गर्न नसकेमा त्यस वापत क्षतिपूर्ति भुक्तानी गर्नु पर्नेछ ।
(३) उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि विपद् (फोर्स म्याजुएरे) को कारणबाट लिजमा लिएको वस्तुकोहानि, नोक्सानी भएमा लिज प्राप्तकर्ता जवाफदेही हुने छैन ।
(४) उपदफा (३) बमोजिम विपद्को कारणबाट लिजमा लिएको वस्तुको आंशिक रूपमा हानि, नोक्सानी भएकोमा त्यसलाई लिजदातालेपूर्वावस्थामा नल्याएमा वा ल्याउन नसकिने भएमा जुन अनुपातमा त्यसरी हानि, नोक्सानी भएको छ सोही अनुपातमालिजदाताले लिज बहाल घटाउनु पर्नेछ ।स्पष्टीकरण:यस दफाको प्रयोजनका लागि “विपद्” भन्नाले देहायको कुनै अवस्था सम्झनु पर्छ:-
(१) आँधी, भूकम्प, ज्वालामुखी,
(२) अतिवृष्टि, बाढी, पहिरोे, भूस्खलन, चट्याङ्ग,
(३) लिज प्राप्तकर्ता वा निजको परिवार, कर्मचारी, कामदार वा तेस्रो पक्षको बदनियत, लापरबाही वाहेलचक्र्याइँबाट भएको बाहेक अन्य कुनै किसिमबाट भएको आगलागी,
(४) आतङ्क, नागरिक विद्रोह, गृहयुद्ध,
(५) मानवीय नियन्त्रण बाहिरका त्यस्तै प्रकृतिका अन्य प्राकृतिक विपद्हरू ।